STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आन्तरिक विवाद मिलाउन एमाले बैठक आज पनि बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २३, बुधबार

एमालेकाे आन्तरिक विवाद मिलाउन गठित कार्यदल बैठक आज पनि बस्दै छ ।

सिंहदरबारमा बिहान बस्ने बैठक विवाद समाधानका उपायमाथि नै केन्द्रित हुने कार्यदल सदस्यहरूले बताएका छन् ।

नेता भीम रावलका अनुसार पार्टीभित्रका विवाद अनि समस्याहरू पहिचान भइसकेकाले अब निकासमा केन्द्रित रहेर छलफल हुने छ ।

हिजाे कार्यदल बैठक निचाेडविहीन बनेकाे थियाे । कार्यदल सदस्य गाेकर्ण विष्टले हिजाेकाे बैठकमा विवादका विषयहरूमाथि छलफल गरिए पनि कुनै सहमति नभएको बताए । आज बस्ने बैठकमा पार्टीलाई एकतावद्ध बनाउन थप छलफल हुने उनकाे भनाइ छ । यसअघि सोमबार सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका कार्यदल सदस्यहरू पार्टीकाे आन्तरिक समस्यालाई निचाेडमा पुर्‍याउन एकमत देखिएका थिए । तर, अहिलेसम्म एमाले विवाद भने ज्युँका त्युँ देखिएकाे छ ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङकाे संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल-नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Categorized in राजनीति