STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आदिवासी जनजाति चलचित्र महासंघद्वारा स्वास्थ्य सामग्री वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार

विजयरत्न असंबरे
काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघमार्फत् नेपालका विभिन्न अस्पतालहरुलाई पिपिईलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ । कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य चेकजाँच तथा उपचारको लागि आवश्यक पिपिइलगायत स्वास्थ्य सामग्रीको अभाव देखिएपछि महासंघले नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोगमा ती सामग्री उपलब्ध गराएको हो । अहिले पनि नेपालका अधिकांश अस्पतालका स्वास्थकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नभएको कारण बिरामी जाँच्न आनाकानी गरिरहेका छन् । महासंघमार्फत् वितरण गरिएको स्वास्थ्य सामग्रीमा २५० थान पिपिई, ५०० थान माक्स, २० थान सेनिटाइजरलगायतका वस्तुहरु उपलब्ध गराइएको थियो । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पताल बलम्बु, धुलिखेल हस्पिटल धुलिखेल, कान्ति बाल अस्पताल महाराजगन्ज, मेडिकियर अस्पताल चाबहिल, स्तुपा सामुदायिक अस्पताल बौद्घ, सेचेन क्लिनिक तथा हस्पिटल बौद्घ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा ती सामग्रीहरु वितरण गरिएको छ । त्यसैगरी प्रदेश १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक ंअस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढीलाई सामग्रीहरु वितरण गरिएको छ । कोरोना भाइरसको महामारीले विश्वलाई नै सताइरहेको र नेपालमा पनि यसले ठूलो संकट ल्याउने सक्नेहुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन पिपिई सहयोग गरिएको आदिवासी जनजाति चलचत्रि महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले बताएका छन् । यस अभियानमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोग रहेको सुनुवारले बताएका छन । कोरोना भाइरसको महामारी फैलिन नदिन नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । लकडाउनसँगै नेपालमा कारोना भाइरस प्रतिरोधी स्वास्थ्य उपकरण तथा सामग्रीहरुको पनि अभाव देखिएको छ ।
Categorized in राष्ट्रिय