STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आदिबासी चलचित्रकर्मीहरुको वर्कशप सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १६, बिहिबार

नेपालको चलचित्र क्षेत्रको लागि राज्यको एकमात्र आधिकरिक विकास चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा धुलिखेलमा भएको तीन दिने कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको छ । आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनिति तर्जुमा र सक्षमता विकास तालिम को रुपमा सम्पन्न भएको सो वर्कशपमा आदिवासी जनजाति चलचित्रकर्मीहरुका विभिन्न १३ वटा संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागी रहेको छ । करीव ६५ जना प्रशिक्षार्थीहरु सम्मिलित सो कार्यशालामा संस्थागत क्षमता अभिवृद्धी विज्ञ नहकुल के.सी. प्रमुख स्रोत व्यक्तिका रुपमा रहेका थिए भने वरिष्ठ चलचित्र पत्रकार एवं नेपाल आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर असंबरे ले नेपालमा आदिवासी जनजाति चलचित्रहरुको वर्तमान स्थिति र चुनौतिबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यशालामा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यशालामा सिस्टम युनिभर्सिटी अफ मेरिल्याण्डका प्रा.डा. विष्णु घिमिरेले आदिवासी जनजातिहरु संस्कृतिको कला पक्षबारे विश्लेषण गरेका थिए । बुधबार सम्पन्न तीन दिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्राईले कार्यशालामा सहभागीहरु लाई प्रशंसा पत्र प्रदान गरको थिए । प्रमुख अतिथिको आशनबाट अध्यक्ष भट्राईले आफ्नो कार्यकालमा नेपालको समस्त चलचित्र जगतको हितको कार्य गर्ने प्रतिबद्धता पोखेका थिए भने आदिवासी जनजाति चलचित्रहरुले भोगिरहेको प्रदर्शनको समस्या समाधान गर्न मिनी हल खोल्नेहरुलाई राज्यको तर्फबाट बोर्डले सक्दो सहयो गर्ने प्रतिवद्धता पनि पोखे । आयोजक संस्था आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिका संयोजक सूर्य चेम्जोङको सभापतित्वमा सम्पन्न समारोहमा मगर चलचित्रकर्मी संघका अध्यक्ष एवं वरिष्ठ मगर चलचित्रकर्मी युवराज मास्की मगर, प्रशिक्षार्थी हरुको तर्फबाट युवराज राई (वीर बहादुर), प्रमुख स्रोत व्यक्ति नहकुल के.सी नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकर लगाएतले मन्तव्य प्रकट गरेका थिए भने समारोहमा महासंघका पूर्व अध्यक्ष प्रतिभाया पुन, महा सचिव पुर्खाजति राई, सचिव सिजिका माझी लगाएतको विशेष उपस्थीति रहेको थियो ।
Categorized in सिनेमा