STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिन सक्ने डब्लूएचओको चेतावनी

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २८, बुधबार

पुस २८, एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।
पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।
भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरू तीव्र चापमा परेको उनले बताए ।

Categorized in अन्तर्राष्ट्रिय