STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठ वर्षअघिकाे बलात्कार आराेपमा स्वयम्भूबाट एकजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

काठमाडौं - आठ वर्षअघि (२०१४) को मिस इन्टरनेसनल ग्लोबल नेपाल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोगमा आरोपी मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धानबाट खटिएको टोलीले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

पाण्डेमाथि होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीले टिकटक भिडियोमार्फत भनेकी छन् । उनले २० वटा भिडियो बनाइ आफूमाथि यौनहिंसा गर्ने पाण्डेलाई कारबाही गर्न पनि माग गरेकी छन् ।

ती युवतीले पाण्डेले बलात्कारपछि पीडितको तस्वीर र भिडियो खिचेर ब्ल्याकमेल गर्दै त्यसपछि पनि जबरजस्ती करणी गरेको भनेकी छन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक थिए ।

Categorized in अपराध-दुर्घटना