STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी

Janjati Khabar – Janjati Khabar | २०८० पौष ९, सोमबार

काठमाडौं- क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

‘ख्रीष्टमस’ पनि भनिने यो दिनमा येशूको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

‘क्रिसमस डे’को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् । क्रिसमसले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्ने विश्वास उनीहरूको छ । 

Categorized in राष्ट्रिय