STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज कांग्रेसको देशैभर प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १३, सोमबार

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज सोमबार देशभर प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ।

कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसकेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सँबोधन गर्दै छन् ।

सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गरी कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका छन् । 

Categorized in राजनीति