आज इस्लाम धर्मावलम्बी इद मनाउँदै, सार्वजनिक बिदा
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २०, मंगलबार
आज इस्लाम धर्मावलम्बीले इद मनाउँदै छन् । एक महिनासम्म दिनभर व्रत बस्छन्, जसलाई रोजा भनिन्छ ।
रमजानको महिनाको अन्तिम दिन चन्द्रमा हेरिसकेपछि भोलिपल्टको दिनलाई इद उल फित्रका रुपमा मनाउने गरिन्छ । मंगलबार इद परेकाले सरकारले पनि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको थियो ।
Categorized in राष्ट्रिय

