STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चल्ने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ९, शनिबार

काठमाडौँ - आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यातायात सञ्चालन  गरिने भएको हो ।

परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

यसअघि गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

Categorized in राष्ट्रिय