STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईपीएलका खेलाडीमा काेराेना संक्रमण, आजकाे खेल स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राती अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमवार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेलको अर्काे तालिका प्रकाशित गरिनेछ ।  वरुण चक्रवर्ती और सन्दीप वारियरको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।’

Categorized in खेलकुद