relans
ni new 83
nib 2082 5

आईजीपी खनाल एमाले प्रवेश

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ६, बिहिबार

काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले अध्यक्ष केपी शर्मा ओलीजत्तिको नेपालमा अर्को कुनै राजनेता नभएको बताए । उनले प्रहरी जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओलीसरहको राजनेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालयित भएको बताए ।

खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पारे । उनले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताए ।

खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गरे । उनले भने, ‘मैले करिव ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिका । मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ ।’

उनले फेरि भने, ‘सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतंककारी गतिविधि, उच्श्रृंखल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रशय नदिने हाम्रा श्रद्धय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने राजनेता सायद मैले अर्को भेटिनँ । एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु ।’

उनले थपे, ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुशी छु ।’

पूर्वआइजीपी खनालले एमालेको इमान्दार सिपाहीको रुपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताए । उनले आम नेपालीको अपेक्षा, देश, विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको बताए । उनले नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपंतिमा रहेका लाग्ने प्रतिबद्धता जनाए ।

Categorized in राजनीति
ppp 2