STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आइपिएल : बेंगलोरलाई हराउँदै हैदराबाद चौथो स्थानमा

Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक १६, आइतबार

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

शनिबार राती शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४।१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो ।

हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । डेभिड वार्नर ८, मनिष पान्डे २६ र केन विलियम्सन ८ रनमा आउट भए । अभिषेक शर्मा ८ रनमा आउट हुँदा जेसन होल्डर २६ रनमा अविजित रहे । बेंगलोरका युजभेन्द्र चहलले २ विकेट लिदा वासिन्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् ।

बेंगलोरले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई केन विलियम्सनले उत्कृष्ट क्याच लिदै ७ रनमा पेभिलिएन फर्काएका थिए ।

शहबाज नदीमको ११ औं अन्तिम बलमा एबी डी भिलियर्स २४ रनमा अभिषेश शर्माबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको चौथो बलमा जोश फिलिपे ३२ रनमा क्याच आउट हुन पुगेपछि बेंगलोर समस्यामा परेको थियो । राशिद खानको बलमा मनिष पान्डेबाट क्याच आउट हुनुअघि फिलिपेले ३१ बलमा ४ चौका प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा वासिन्टन सुन्दरलाई टि नटराजनले २१ रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । हैदराबादले अन्तिम खेल अब मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्न सक्ने सम्भावना रहेको छ । बेंगलोरले सोमबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । प्ले अफमा पुग्न दुवैलाई जित्नै पर्ने हुन्छ ।

Categorized in खेलकुद