STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आइतबार फेरि रविको थुनछेक बहस हुने

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ११, शुक्रबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा आज पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।

आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।

प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।

Categorized in राजनीति