STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थितिमा सुधार

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ २५, मंगलबार

वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार उहाँलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ । मङ्गलबारदेखि उहाँको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ ।

शताब्दी पुरूष डा. जोशीका प्रिय पात्र तथा जोशीको सेवामा अहोरात्र खटिएकी देवकी श्रेष्ठका अनुसार डा.जोशीले एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको छ ।

शताब्दी पुरूष डा.जोशीले आजै भर्चुअल माध्यमबाट नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई लगायत नइका पदाधिकारीसँग आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बेहोरा अवगत गराउनु भयो ।

स्मरणरहोस् डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ । 

शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शीघ्र स्वास्थ्य लाभका लागि  ईश्वरसँग प्रार्थना गर्दै नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एउटा विज्ञप्ति जारी गर्नु भएको छ ।

Categorized in व्यक्तित्व