अस्पतालबाटै विप्लव समूहका नेता पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मालाई चितवनको एक अस्पतालबाट पक्राउ गरिएको छ ।
मंगलबार चितवन प्रहरीले उनलाई पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको समाचार प्राप्त भएको छ ।
शर्मा उपचारका लागि मेडिकल कलेज पुगेका थिए ।
उनको पक्राउपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in राजनीति