STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अस्कर समारोहकाे थप्पड काण्डपछि विल स्मिथले दिए अस्कर एकेडेमीबाट राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

एजेन्सी - अस्कर अवार्ड समारोहमा उद्घोषक क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन् । क्रिसलाई थप्पड हानेर आफूले गल्ती गरेको भन्दै यसअघि नै माफी मागिसकेका स्मिथले एकेडेमीबाटै राजीनामा दिएका हुन् । 

उनको राजीनामा एकेडेमीले स्वीकृत गरिसकेको छ । एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको र थप प्रतिबन्ध लगाउन सक्ने गरी अनुशासनको कारबाही जारी राख्ने बताएका छन् ।

अस्कर समाराेहमा श्रीमतीको कपाल झर्ने विषयमा व्यंग्य गरेपछि रिसाएका स्मिथले मञ्चमै चढेर उद्घाेषक क्रिसकाे गालामा दरिलो झापड हानेका थिए । त्यसपछि उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् माफी मागेका थिए ।

‘क्रिस, म तपाईँसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले रेखा पार गरेँ, म गलत थिएँ । म लज्जित छु र मेरो कार्यले त्यो मान्छे बन्न चाहेको संकेत थिएन । प्रेम र दयाको संसारमा हिंसाको लागि कुनै ठाउँ छैन'. उनले लेखेका थिए । 

तर एकेडेमीले स्मिथको कार्यमा औपचारिक समीक्षा हुने बताएकाे थियाे । त्यसपछि उनले एकेडेमीबाट राजीनामा दिएका छन् । 

‘मैले चोट पुर्‍याउनेहरूकाे सूची लामो छ र यसमा क्रिस, उनको परिवार, मेरा साथीहरू र प्रियजनहरू, उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’, स्मिथले भनेका छन्’, ‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ । मैले अन्य मनोनीत र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ । म दुखी छु ।’

Categorized in अन्तर्राष्ट्रिय