relans
ni new 83
nib 2082 5

असोजमा हुने लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ श्रावण ५, शनिबार

मोफसल रहेर नेपाली चलचित्रको श्रीबृद्दिमा सकृय लक्की मिडिया हाउसको अायोजना मा हुने गरेको लक्की फिल्मी अवार्ड २०८१ को लोगो एक समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको लागो सार्वजनिक गरेका हुन् ।

मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा अभिनेत्री लुइटेलले आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्की प्रति विशेष आभार व्यक्त गरिन् ।लोगो सार्वजनिक गर्दै अभिनेत्री लुइटेलले अवार्डको सफलताको शुभकामना व्यक्त गरिन् ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ । अघिल्लो संस्करणमा भएका केही कमीकमजोरीलाई समेत सुधार गर्दै नयाँ संस्करण आयोजना गर्ने तयारीमा जुटेको महाप्रबन्धक कार्कीले बताए । लक्की फिल्मी अवार्ड मोफसल कै एक मात्रै र ठूलो फिल्मी अवार्ड भएको भन्दै महाप्रबन्धक कार्कीले अवार्डमा चलचित्र क्षेत्रमा कार्यरत कलाकार, सामाजिक अभियान्ता एवम् विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्ने बताए ।

अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा लेखन, उत्कृष्ट गायक महिला, उत्कृष्ट गायक पुरुष, उत्कृष्ट सङ्गीतकार, अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड, उत्कृष्ट सिनेमाटोग्राफर, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, लोकप्रिय कलाकार पुरुष, लोकप्रिय कलाकार महिलालाई सम्मानित गरिने छ । त्यस्तै, उत्कृष्ट सम्पादक, उत्कृष्ट निर्देशक, उत्कृष्ट कम्पोजर, स्पेशल मुभी लगायतलाई सम्मान गरिने कार्कीको भनाइ छ ।

कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिने कार्कीको भनाइ थियो । आगामी संस्करणको लक्की फिल्मी अवार्ड असोजमा गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए ।

Categorized in साहित्य-कला
ppp 2