STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असन बजार सामान्य, 'दैनिक उपभोग्यवस्तु सहजै उपलब्ध'

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडौं– कोरोना भाइरस संक्रमणको पूर्वतयारीअनुरुप सरकारले शुक्रबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरे पनि बजारमा दैनिक खाद्यान्न एवं सामग्रीको उपलब्धतामा कुनै समस्या आएको छैन । शनिबार बिहान ११ बजेसम्म काठमाडौंकै व्यस्त बजार असनका विभिन्न खाद्यान्न पसलमा पहिलेभन्दा केही भीड भने बढेको पाइएको छ । असनमा उपभोक्तका मागअनुसार दैनिक उपभोग्यजन्य सामग्रीको सहज किनबेच भइरहेको छ । न्हाय्कंटोलका खाद्यान्न व्यापारी दिनेश श्रेष्ठले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म बिचार गरेअनुरुप केही भीड बढे पनि खाद्यान्न आपूर्ति सहज रुपमा उपलब्ध भइरहेकोले कुनै समस्या आएको छैन । अहिलेसम्म आफूसँग प्रशस्तै स्टक रहेको पनि श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि पनि भएको छैन । असनकै अर्का खाद्यान्न व्यापारी सुरेश प्रजापतिले शनिबारबाट पसलहरु बन्द हुने हल्लाले शुक्रबार भीड बढे पनि यसको तुलनामा शनिबार भीड नभएको जनाएका छन् । उनका अनुसार होलसेलबाट पनि सामानहरु उपलब्ध भइरहेकोले दैनिक उपभोग्य सामग्रीको उपलब्धतामा समस्या आएकाे छैन ।
Categorized in बिजनेस