STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अवैध हतियार बुझाउन आनाकानी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको १५ दिनसम्म पनि हतियार फिर्ता गर्न कोही आएका छैनन् । जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिलेसम्म हतियार फिर्ता गर्न कोही नआएको जिल्ला प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र जनप्रतिनिधिमार्फत सूचना प्रवाह गरिरहेको जानकारी दिनुभयो । जिल्लामा २८५ ले हतियार लिने अनुमति लिएको भए पनि नियमितरूपमा हतियारको नवीकरण जम्मा ६० ले मात्रै गर्दै आएका छन् । दुई सय २५ ले नियमित हतियारको नवीकरण नगरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डले देखाउँछ । नेपाल सरकारले ३५ दिनभित्र हतियार फिर्ता गर्न अनुरोध गरिरहेको छ । तोकिएको दिनसम्म हतियार नबुझाए हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार कारवाही हुने सरकारले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांशसँग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ ।
Categorized in अपराध-दुर्घटना