STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १६, बुधबार

काठमाडौँ - गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ ।  बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् । 

बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । 

Categorized in उपत्यका