STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अल्ट्रालाइट विमान दुर्घटना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ ।
 
सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ । कार्यालयका अनुसार सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको सिसा फुटेको छ ।
Categorized in अपराध-दुर्घटना