STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ । राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको यस्तो भनाई सार्वजनिक भएको हो । रुसी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले मुलरको प्रतिवेदन हेर्न नपाएको तर रुसले कहिल्यै पनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्नुभयो । अमेरिका समेतका कुनै पनि मुलुकका विरुद्ध रुसले हस्तक्षेप गर्दैन, र यो रुसको घोषित नीति हो, पेस्कोभले बताउनुभयो । अमेरिकी चुनावमा रुसले साइबर आक्रमण गरेको, चुनाव प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरेको तथा डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गरी राष्ट्रपतिका प्रमुख दाबेदार हिलारी क्लिन्टनमाथि दबाब सिर्जना गरेको आरोप छ ।
Categorized in अन्तर्राष्ट्रिय