STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकामा पनि इन्द्रजात्रा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन १५, सोमबार

अमेरिकाको न्युयोर्कमा हरेक वर्ष झैं यसपाली पनि नेवाः गुठी न्युयोर्कले ज्याक्सन हाइटमा भव्यरुपमा इन्द्रजात्रा मनाएको छ ।

प्रत्येक वर्ष यंलाथ्व चतुर्दशीका दिन काठमाडौँ उपत्यकाका नेवारहरुले एक सातासम्म भव्यरुपमा इन्द्रजात्रा मनाउने गर्छन् भने ललितपुर, भक्तपुर, बनेपा, धुुुलिखेललगायत नेवार वस्ती भएका ठाउँमा एक दिन भए पनि यो जात्रा मनाउने  चलन छ । त्यस्तै नेवाः गुठी न्युयोर्कले पनि आफ्ना कलाा संस्कृति र पर्वहरु मनाउँदै आएको छ ।

नेवाः गुठी न्युयोर्कले मनाएको उक्त कार्यक्रममा कुमारीको रथयात्रा, इन्द्रको वाहनको रुपमा रहेको पुलु किसी (सेतो हात्ती), लाखे नृत्यलगायत धिमय बाजा र नृत्य प्रस्तुत गरिएको थियो ।

न्युयोर्कस्थित बसन्त डान्स सेन्टरका ११ जना कलाकारले नेपालका विभिन्न गीत नृत्य, राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्य बसन्त डान्स सेन्टरको निर्देशक विजय नकर्मीले गरेका थिए ।

आकर्षक लाखे नृत्य प्रेमगोपाल महर्जनले, झ्याँलिचा नृत्य सञ्जय रञ्जितले प्रस्तुत गरेका थिए । नेवारी गीत बरिष्ठ कलाकार कविना सिंहले, वरिष्ठ आर्टिस्ट हृदय तुलाधरले आर्ट गर्नुभएको पुलु किसी एहस तुलाधर र हृदेश तुलाधरले प्रस्तुत गरेका थिए ।

आगन्तुकहरुलाई रातो अक्षताको टीका लगाई स्वागत गरिएको उक्त कार्यक्रमको अन्त्यमा प्रसादको रुपमा समयवजी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले सम्पूर्ण सहयोगी लगायत सम्पूर्ण उपस्थित दर्शकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Categorized in राष्ट्रिय