STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकामा आँधीले जनधनको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको जनाएको छ । मिजौरीका गभर्नर माइक पार्सोनले ट्वीट गर्दै गएरातिको वर्षासहितको ठूलो आँधीले राज्यमा व्यापक नोक्सान भएको बताउनुभएको छ । आँधीले जेफरसन सिटीका कैयौं घर भत्काएको, पर्खाल ढालेको र छाना उडाएको छ । सडकमा रुख र बिजुलीका पोल ढलेर माकुराको जालो जस्तै भएको छ । आँधीले गरेको क्षतिको पूर्ण विवरण आउन अझै कैयौं दिन लाग्नेछ । आँधी पीडित झण्डै २० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आँधी करिब २५७ किलोमिटर प्रति घण्टाको बेगमा आएको जलवायु संस्थाले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय