STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमर वाङ्गमय शताब्दि पुरुष सत्यमाेहन जाेशीलगायत तीनजनालाई सिरपा प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक २६, शनिबार

नेपालभाषा एकाडेमीले नेपालभाषाको वाङ्गमय क्षेत्रमा अति विशिष्ट एवं प्रतिष्ठित पुरस्कारको रुपमा लिइने दान्यहिरा सिरपा शुक्रबार आयोजित एक कार्यक्रममा तीनवटा विभिन्न विधामा प्रदान गरेको छ ।

‘दान्यहिरा जीवंकाछी सिरपा’(लाइफटाइम एचिभमेंट) वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत सिरपा’ संगीतकार मनराजा नकर्मि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपा’ डा. केशरीलक्ष्मी मानन्धरलाई सो पुरस्कार पूर्वमन्त्री तथा ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यले प्रदान गर्नुभयो ।

नगद राशी जनही ५० हजार रुपियाँ सहित को सो पुरस्कार का दाता तथा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः हुनु हुन्छ ।

वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशी नेपालभाषा एकाडेमीका संस्थापकका साथै उहाँले जीवनभर एकेडेमीको लागि आफुलाई अर्पण गर्नुकासाथै एकेडेमीको लागि आवश्यक अरनिको ग्यालरी, नेवाः एफएम सन्चालन , नेवाः खँग्वः धुकू  (नेपालभाषा शब्दकोष) प्रकाशन जस्ता महत्वपुर्ण एवं उल्लेखनीय कामहरु गर्नुभएकाले उहाँ जीवित हुँदै पुरस्कृत गर्ने निर्णय भएको कुरा एकाडेमीका सदस्य सचिव डा. पुष्पराज राजकर्णिकारले बताउनुभयो ।

स्व. शताब्दीपुरुष जोशीको सम्मानपत्र तथा नगद राशी उहाँका जेष्ठ सुपुत्र अनुराज जोशी, माहिला सुपुत्र हेमन्त जोशी र सुपुत्री गङ्गा मुल्मीले संंयुक्त रुपमा ग्रहण गर्नुभयो ।

विज्ञान प्रविधि सिरपाद्वारा पुरस्कृत डा. मानन्धर पहिलो विद्यावारिधि गर्ने महिला हुनुका साथै नेपालमा च्याउखेती भित्र्याउने पहिलो व्यक्ति हुनु हुन्छ भनि नाष्टका डा. दिनेश भुजुले जानकारी दिनुभयो ।

डा. मानन्धरले पुरस्कारको रु. ५० हजार नेपालभाषा परिषदको लागि कोषाध्यक्ष मङ्गला कारंजितलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सङ्गीतकार मनराजा नकर्मि, गायिकाहरु रत्नशोभा महर्जन, सरिता शाहीले साङ्गीतिक प्रस्तुति दिनुभएकाे थियाे।

Categorized in साहित्य-कला