STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १८, बुधबार

निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर  पवित्रा आचार्य र मोडल  उषा उप्रेतीलाई (जनही २५ हजार रकम र सम्मानपत्र) प्रदान गर्ने निर्णय गरेको छ ।

कोषका संयोजक  दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका  मेघा चौधरी, संचारकर्मी  प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मानद्वारा सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

केही वर्ष अगाडी भारतमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाउनु भएको थियो । गत वर्ष स्व. निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।

निशा घिमिरे स्मृति कोषमा  दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी  उषा घिमिरे हुनुहुन्छ । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि प्रदान गरिने भएको छ ।

शुभेच्छुक दाता र रजतपटका संचालक संचारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवंगत हुनु भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष एक जना मोडल र एकजना अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए बमोजिम

यस वर्षको पुरस्कारअभिनेत्री, मोडल तथा कोरियोग्राफर  पवित्रा आचार्य र मोडल  उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरिएको  कुरा निशा घिमिरे स्मृति कोषका  सदस्य सचिव मोहन निरौलाले जानकारी दिनु भएको छ ।

Categorized in साहित्य-कला