STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेता दिलिप कुमार को निधन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ २३, बुधबार

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन् ।

कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक रुपमा सफल चलचित्र अन्दाज मा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए भने  पछि गएर राज कपुर पनि चर्चित अभिनेता बन्न सफल भए। दिलिप कुमार र राज कपुरले एकसाथ यही एउटा मात्र चलचित्रमा अभिनय गरेका थिए ।

अहिले पाकिस्तानमा पर्ने पेसावरमा सन् १९२२ डिसेम्बर ११ तारीख उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।

दिलीप कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन्।

"दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए। उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता भने छैनन्।"

"उनी आफ्नो समयका सबैभन्दा अब्बल 'ट्रेजेडि किङ्ग' अभिनेता थिए तर हास्य विधामा पनि सफल भए," उनले बीबीसीलाई भनेका छन् ।

मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास ,दाग , मधुमति ,र मुग़ल ए आज़म जस्ता सफल चलचित्रमा नायकका रुपमा अभिनय गरेर उनले थुप्रै प्रशंसक कमाएका थिए भने पछिल्लो समय उनले क्रान्ति, शक्ती, विधाता, मजदुर,मशाल ,सौदागर लगायतका चलचित्रमा चरित्र नायकका रुपमा प्रभावशाली भुमिका निर्वाह गरेका थिए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको कारणले जुन ६ मा अस्पताल भर्ना गरिएको थियो ।

‘ट्रेजेडी किंग’ मा रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा-जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९९ मा पछिल्लो पटक ‘किल्ला’ चलचित्रमा नायिका रेखासंग देखिएका थिए ।

उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई फाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । यो सम्मान स्वीकार गर्नका लागि उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिएका थिए ।

Categorized in सिनेमा