STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेताद्वय मल्ल र श्रेष्ठलगायतलाई हरितारा पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २२, बुधबार

हरितारा चलचित्र पुरस्कार समिति र परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार,  श्रीदुर्गादेवी पुण्य निरौला स्मृति  पुरस्कार र परिवर्तन सम्मान आज एक कार्यक्रम बीच एक साथ प्रदान गरिएको छ । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक साथ प्रदान गरिएको छ ।

२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।

वि सं २०७६ का लागि ४ दशक भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पुर्याउन योगदान गर्नुभएका अभिनेता मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कारको रकम जनही २५ हजार नगदका साथै सम्मान पत्र रहेको थियो । २०७७ को हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।

२०७७ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई जनही नगद दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई  परिवर्तन सम्मान प्रदान गरिएको यस कार्यक्रममा विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।

Categorized in साहित्य-कला