STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २९, बुधबार

काठमाडौं - सरकारले नेपाल संवत् पनि सरकारी कागजताहरुमा उल्लेख गर्ने निर्णय गरेको छ । 

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कातिक २८ गते नेपाल संवत् ११४४ नेपाल सरकारको डकुुमेन्टमा (कागजात)मा उल्लेख गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । 

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।  त्यसैले यसलाई नेपालको मौलिक संवतको रुपमा लिइन्छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवतको नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालमा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

Categorized in राजनीति