STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब नेपालभाषाको चलचित्र पनि सिनेमा हलमा नियमित प्रदर्शन हुने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

नेपालभाषाको चलचित्र पनि अब अन्य चलचित्र जस्तै नियमित रुपमा सिनेमा हलमा देखाइने भएको छ । यसको प्रयोग सर्वप्रथम ‘लिबाये धुंकाः’ नेपालभाषाको चलचित्रबाट सुरु गर्न गइरहेको छ । यो चलचित्र आज श्रावण २४ गते शुक्रबारबाट ललितपुरको गुण सिनेमा र भक्तपुरको बाराही हलमा एकैसाथ प्रदर्शन सुरु भएको हो । हिसिमदु नामक नेपालभाषाको चलचित्रको निर्देशन गरिसक्नु भएका राजेशमान सिंहले निर्देशन गर्नु भएको यस नयाँ चलचित्रमा नेपालभाषाको कला क्षेत्रमा एक प्रसिद्ध नृत्य कलाकार र कोरियोग्राफरको रुपमा प्रसिद्ध आराध्यलक्ष्मी खड्गी हिरोइनको रुपमा रहेको छ भने हिरोको रुपमा आर एल महर्जनले भूमिका निभाउनु भएको छ । नेपालभाषा कलाकारिताको क्षेत्रमा प्रसिद्ध कलाकारहरु आशाकाजी थकु, नारायणदेवी प्रधान, मञ्जु श्रेष्ठ लगायत निर्देशक राजेशमा सिंहको पनि प्रमुख भूमिका रहेको ‘लिबाये धुंकाः’ प्रदर्शनलाई धेरैले सकारात्मक रुपमा हेर्ने भएको छ ।
Categorized in सिनेमा