STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब अन्तर वडा भलिबल प्रतियोगिता सुरु : इन्द्रायणी परिवार क्लब अध्यक्ष मीमकुमार महर्जन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र ६, आइतबार

दोस्रो किपू मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कीर्तिपुर २ वडा देवढोकास्थित इन्द्रायणी परिवार क्लबको आयोजनामा तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा एवं किपू नपा २ वडा कार्यालय, कीर्तिपुर ब्याडमिन्टन क्लब र देवढोका ब्याडमिन्टन ग्रुपको सहयोगमा भएको दोस्रो किपू मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ भाद्र ५ गते शनिबार सम्पन्न भएको छ ।

शनिबार बिहान फाइनल खेल भएको थियो । फाइनल खेलमा फ्रेस क्याटागोरीतर्फ ग्रुप बी अन्तर्गत क्वाच्व खाजा घरका दिपु महर्जन र संग्लेश महर्जनको जोडी आयोजक इन्द्रायणी परिवार क्लबका योगेन्द्र महर्जन र रामसागर महर्जनको जोडीका बीच भिडन्त भएको थियो भने उक्त भिडन्तमा क्वाच्व खाजा घरका दिपु महर्जन र संग्लेश महर्जनले जीत हासिल गरी प्रथम हुन सफल भइन् ।

त्यस्तै शनिबार बिहान भएको फाइनल खेलको ओपन क्याटागोरीतर्फ सामाखुसीका सन्तोष पनेरु र डेभिड थापाको जोडी रिमिक्स ब्याडमिन्टन क्लब ललितपुरका सुमित महर्जन र सुमन शाक्यको जोडीबीच भएको भिडन्तमा रिमिक्स ब्याडमिन्टन क्लब ललितपुरका सुमित महर्जन र सुमन शाक्यले जीत हासिल गरी प्रथम भएका थिए ।

दोस्रो किपू मेयर कप ओपन ब्याडमिन्टन प्रतियोगिता २०७८ मा ग्रुप ए बाट रिमिक्स ब्याडमिन्टन क्लब ललितपुरका सुमित महर्जन र सुमन शाक्यको जोडी प्रथम, सामाखुसीका सन्तोष पनेरु र डेभिड थापाको जोडी द्वितीय भएका थिए भने ग्रुप बी बाट क्वाच्व खाजा घर क्वाच्व कीर्तिपुरका दिपु महर्जन र संग्लेश महर्जनको जोडी प्रथम, इन्द्रायणी परिवार क्लबका योगेन्द्र महर्जन र रामसागर महर्जनको जोडी द्वितीय भएका थिए ।

प्रतियोगितामा ग्रप ए बाट पासा ग्रुप ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडी तेस्रो, स्पोर्ट हबका राजु थापा र आर्यन ढुंगेलको जोडी तेस्रो भएका थिए भने ग्रुप बी बाट सनस्टार क्लब चिथु कीर्तिपुका राजन महर्जन र नहीन्द्र महर्जनको जोडी तेस्रो र चोभारका हरिश महर्जन र लिचेन महर्जन तेस्रो भएका थिए ।

फाइनल खेल पश्चात् विजेत टिमलाई पुरस्कार वितरण कार्यक्रममा आयोजक इन्द्रायणी परिवार क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति मिमकुमार महर्जनले अब छिट्टै नै इन्द्रायणी परिवार क्लबकै आयोजनामा कीर्तिपुर नगर अन्तर वडा भलिबल प्रतियोगिता हुने जानकारी दिएका थिए ।

यस्तै कार्यक्रममा प्रमुख कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले इन्द्रायणी परिवार क्लबले आयोजना गरेको किपू मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता एक स्तरीय प्रतियोगिता भएको खुलासा गर्नु हुँदै यस्ता खेलकुद प्रतियोगितालाई कीर्तिपुर नगरपालिका सहयोग गर्न सदा तत्पर रहने विचार राख्नु भयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती रिजाल खड्का तथा कीर्तिपुर नगरपालिका २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिकाका संस्कृति सम्पदा पर्यटन विभाग संयोजक रमेशमान डंगोल एवं २ वडाका वडासदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद पत्रका साथ सम्मान गरिएको थियो भने विजेता टिमलाई प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ट्रफी प्रदान गर्नुभएको थियो ।

यस्तै, नगद पुरस्कारको चेक कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती रिजाल खड्काले हस्तान्तरण गर्नुभएको उक्त कार्यक्रममा प्रमाण पत्र प्रतियोगिताको विशेष सहयोगी कीर्तिपुर नगरपालिका २ वडाका वडाध्यक्ष एवं पर्यटन संस्कृति सम्पदा विभाग संयोजक रमेशमान डंगोलले हस्तान्तरण गर्नुभएको थियो । साथै विजेता टिमका खेलाडीहरुलाई आयोजक संस्था इन्द्रायणी परिवार क्लबका अध्यक्ष एवं कार्यक्रममा सभापति मिमकुमार महर्जनले अबिर र खादा अर्पण गरी सम्मान गरिएको थियो ।

दोस्रो किपू मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ आयोजक इन्द्रायणी परिवार क्लबले खेलाडीहरुलाई सम्मान र प्रोत्साहन स्वरुप फ्रेस क्याटागोरीमा प्रथम हुनेलाई रु. १२,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु. ८,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई समूहलाई जनही रु. २/२ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै ओपन क्याटागोरीमा प्रथम हुने टिमलाई रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु. ३०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र एवं तेस्रो हुने दुई टिमलाई जनही रु. १०/१० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तस्वीर : ज्ञानकुमार महर्जन, कीर्तिपुर

Categorized in खेलकुद