STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ । बिहीबार राति प्रान्तीय राजधानी कान्दाहार शहरको छिमेकमा पर्ने हिनो मिना क्षेत्रमा सो कारबम विस्फोट भएको थियो । यस बम विस्फोटमा परी छ बालबालिका र चार महिला घाइते भएका छन् । कैयौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । यस कारबम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । युद्धग्रस्त यस देशमा भएको विभिन्न द्वन्द्वको कारण सन् २०१८ मा ३ हजार ८०० सर्वसाधारणको मृत्यु भएका थियो भने ७ हजार १८० व्यक्ति घाइते भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय