STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अफगानिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

९ माघ, एजेन्सी - अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ ।

९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय