STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक ६, आइतबार

चितवन - मोफसलमा निकै चर्चा कमाउन सफल सन्चार संस्था  लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।  ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मान’ भन्ने मुल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको कुरा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की 'लक्की'ले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागीता गराइने छ ।

कार्तिक २५ र २६ गते दुई दिन हुने कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थिती रहने महाप्रबन्धक कार्कीले बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउदैँ कार्कीले सहभागी हुन चाहाने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

लोक, मौलीक, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत नेपाली लोक, मौलीक सस्कृति झल्किने खालको हुनुपर्ने बताइएको छ ।

चितवनको संचार क्षेत्रमा विगत लामो सयमदेखि काम गर्दै आएको ‘लक्की मिडिया हाउस चितवन’ जिल्लाको अग्रणी संचार गृह हो । यस मिडिया हाउसबाट ‘चितवन खवर पत्रिका’  , अनलाइन संस्करणमा ‘इ चितवन खवर डट कम’ नियमित रुपमा प्रकाशन/प्रशारण गर्दै आएको छ । स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Categorized in साहित्य-कला