STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय ब्याडमिन्टन ः नेपालका प्रिन्स फाइनलमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा मा प्रवेश गरेका छन् ।
गए राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भरतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए । यसअघि प्रिन्सले क्वार्टरफाइनलमा थाइल्याण्डका नाथाप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका थिए । नाथाप्पेलाई २१–१३ र २१–१४ अङ्कले जितेका उनले अन्तिम चरणको आजको खेलमा भारतीय खेलाडी गान्धम प्रनव रावसँग खेल्ने बैंककमा रहनुभएका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता  छ ।
Categorized in खेलकुद