STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय फिल्म शुटिंगको गन्तव्य’ को रुपमा विकास गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २९, बिहिबार

नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले बुधबार आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभलको आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ । सम्झौता पत्र हस्ताक्षर नेपाल पर्यटन बोर्डको तर्फबाट सिईओ दीपकराज जोशीले गर्नुभएको थियो।कार्यक्रममा फिल्म वोर्ड सदस्य सन्तोष लोहनी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन , निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर वलामी , प्राविधिक संघका अध्यक्ष पुष्कर लामा , Avaan का अध्यक्ष विक्रम मानन्धर , AVSN का अध्यक्ष विपिन स्थापित सहित चलचित्रकर्मीहरु , पत्रकार साथीहरु, दुवै वोर्डका अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस सम्झौता हुनुमा पर्यटन वोर्डको तर्फबाट सिनियर मेनेजर सुर्य थपलियाको प्रमुख  भुमिका रहेको  बताइएको  छ ।

pc: Nahakul Khadka

Categorized in साहित्य-कला