STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा सम्मान गर्दै मन्त्री पुनले खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेतासहित व्यावसायिक खेलाडीलाई मन्त्रालयले प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । “गण्डकी प्रदेशलाई खेलकूदको क्षेत्रमा हब बनाउनुपर्छ, खेलाडीलाई खेलकूदबाहेक अन्य क्षेत्रको विकल्प रोज्नु्पर्ने अवस्थाको अन्त्यका लागि योजना बन्दैछ,” मन्त्री पुनले भन्नुभयो । उहाँले कराते, भलिबल, फुटबलसहित विभिन्न खेलमा गण्डकी प्रदेशले देशभर नै उत्कृष्टका साथै अन्तर्राष्ट्रिय खेलमा समेत सहभागिताको वातावरण बनाउन स्थानीय तहमा खेल संरचनासहित प्रतियोगितात्मक गतिविधिलाई प्राथमिकता दिएको बताउनुभयो । खेलाडीको हौसलाका लागि मन्त्रालयले निरन्तर पहल गर्ने मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताउनुभयो । उहाँले खेलकूद क्षेत्रबाट समेत गण्डकी प्रदेशको शिर उच्च रहेको बताउँदै खेलकूदमा लागेका खेलाडी निराश हुनुपर्ने अवस्था नभएको जिकिर गर्नुभयो ।
Categorized in खेलकुद