STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रियस्तरको कासाङ्गा च्यालेन्ज प्रतियोगिता कात्तिक ८ देखि

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ६, बुधबार

पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कासाङ्गा’ च्यालेन्ज आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ ¥याफटिङ एजेन्सी ९नारा ण्डकी प्रदेश पोखराको आयोजनामा यही कात्तिक ८ र ९ गते प्रतियोगिता गर्न लागिएको नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामाले बताउनुभयो । पुरुष र महिला गरी दुई विधामा हुने प्रतियोगिताअन्तर्गत पोखराको हल्लनचोकदेखि याम्दी दोभानसम्म साढे सात किमि साइक्लिङ, याम्दी दोभानदेखि मर्दीखोला दोभानसम्मको साढे छ किमि दूरीमा दौड तथा मर्दी खोला दोभानदेखि याम्दी दोभानसम्म आठ किमि दूरीमा रिभर रेस कायाकिङ गरिनेछ । प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख, द्धितीय रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्ने नाराका निर्वतमान अध्यक्ष निमबहादुर मगरले जानकारी दिनुभयो । साइक्लिङ र रनिङ दुवै विधामा प्रथम, द्धितीय र तृतीयले रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालसहित क्यानडा, भारत, अष्ट्रेलिया, बेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, न्यूजील्याण्ड, जापानका गरी करीब २०० प्रतिष्पर्धीको सहभागिता रहने आयोजकले जनाएको छ ।
Categorized in खेलकुद