अनामनगरको सरकारी जग्गामा बनेका टहरा हटाइयो
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १४, सोमबार
काठमाडाैं - अनामनगरको सिंहदरबार पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिनुभयो ।
महानगरपालिका सुत्रले जानकारी दिए अनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहले त्यहाँ टहरा बनाउनु भएको रहेछ भने स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा रहेको जानकारी दिंदै सोही बमोजिम काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ भनि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनु भयाे ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक उहाँहरुलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो ।
उहाँले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताउनुभयो । टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।
सापकोटाले भन्दै उहाँहरुको अभियानप्रति हाम्रो विमती छैन तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन भनि भन्नु भयो ।
उहाँको अनुसार पटक–पटक आग्रह गर्दा पनि उहाँहरुले आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर बलजफ्ति गरी हटाउनु परेको कुरा महानगरपालिका सुत्रले बताएको छ ।
Categorized in उपत्यका

