STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अनलाईन मगर शर्टफिल्म प्रतियोगितामा जीवाक प्रथम

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ४, सोमबार

चलचित्रले भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्न महत्वपूर्ण कार्य गरिरहेको हुन्छ । यस्तो माध्यममा हामी आदिवासी जनजातिहरुको उपस्थिति नगन्य छ । कोभिड १९ को कारण हरेक क्षेत्र चलायमान हुनसकेको छैन ।  यस्तो परिस्थितिमा मगर चलचित्रकर्मी संघले नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्न पहिलो लकडाउन केही मात्रमा खुकुलो भएको बेला यथास्थानमा आफ्नो क्षमताले भ्याएसम्म छोटो मगर चलचित्र निर्माण गरेर त्यसलाई प्रतियोगिताको रुपमा कार्यक्रम आयोजना गर्ने भन्ने सल्लाह भएनुरुप मगर चलचित्रकर्मीले यसरी शर्टफिल्म प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा मगर चलचित्र क्षेत्रमा अगाडि बढिरहेका १०जना नवप्रतिभाहरुले सहभागिता जनाएका थिए । रा, अलिखित, जीवाक, ब्रिटिसक्याम्प, अाश्वासन, साली त भेनाकै हो, ईमसार, ह्वाट ?, पिडा, बाचाबन्धन र कुलपुजा नामक छोटो मगर चलचित्रहरुले सहभागिता जनाएका थिए । जसमा बेस्ट स्क्रिप्टको विधामा राजन थापा मगर, बेस्ट ईडिटरको विधामा जीवाक चलचित्रका विश्वास मगर, बेस्ट सिनेमाटोग्राफी विधामा आश्वासन चलचित्रका सुमन थापा मगर विजेता बनेका थिए । यस विधामा सबैलाई रु. ५ हजार नगद पुरस्कार घोषणा गरिएको थियो ।

यसै गरि सान्त्वना पुरस्कार मैता घर्ती मगरको कुलपुजाले पनि रु. ५ हजार जित्न सफल भयो । प्रतियोगिताको तेश्रो पुरस्कार अशोक आले मगरद्वारा निर्देशित ईमसारले रु. १५ हजार जित्न सफल भयो भने दोश्रो पुरस्कार नगद रु २० हजार, सुमन थापा मगरद्वारा निर्देशित आश्वासन चलचित्रले जित्न सफल भयो । प्रतियोगिताको प्रथम पुरस्कार रु. २५ हजार राजन थापा मगरद्वारा निर्देशित जीवाक चलचित्रले जित्न सफल भयो ।

चलचित्रलाई आदिबासी जनजाति चलचित्र महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुन मगर, मगर चलचित्रका प्रथम नायक राज थापा काउचा मगर, बेलायतकी  अस्मिता श्रीस मगर ,     अमेरिकाका कुलदिप राना मगर  र  सिक्किमका बिष्णु राना मगर गरि ५ जना जुरीहरुले अवलोकन गर्नु भएको थियो भने सोही आधारमा बिजेता घोषणा गरिएको थियो । कार्यक्रममा विजेता घोषणा जुरी सदस्यहरुको तर्फबाट प्रतिमाया पुनले गरेकी थिइन ।

अनलाईन मगर चलचित्र प्रतियोगिताको बिजेता घोषणा कार्यक्रमको मगर चलचित्रकर्मि संघका अध्यक्ष युवराज मास्की राना मगरले सभापतित्वको आशन ग्रहण गरेका थिए भने प्रमुख अतिथी मा नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर र अतिथिहरुमा अखिल भारतीय मगर महासंघको महासचिव तथा जुरी सदस्य बिष्णु राना मगर, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर, चलचित्र विकास बोर्डका प्रतिनिधि तथा आदिवासी जनजाति विभाग संयोजक हरिसिंह रैखोलाको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।  

कार्यक्रम सचिव भीम राना मगरले स्वागत मन्तव्य दिने क्रममा मगर चलचित्र सम्बन्धी जानकारी गराएका थिए भने छोटो चलचित्र सम्बन्धी महत्वपूर्ण जानकारी बेलायतमा बसोबास गरिरहेकी चलचित्रकर्मी अस्मिता श्रीस मगरले दिएका थिए । चलचित्रमा क्यारेक्टर बिल्डअप सम्बन्धी मगर चलचित्रका प्रथम नायक तथा चलचित्रकर्मी राज थापा काउचा मगरले आफ्नो मन्तव्य राखेका थिए । अखिल भारतीय मगर महासंघका बिष्णु राना मगर, चलचित्र बिकास बोर्डका प्रतिनिधि हरिसिंह रैखोला, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुुनवार र आदिवासी चलचित्र महासंघका संस्थापक तथा विभिन्न चलचित्रका निर्देशक एवम् वरिष्ठ   पत्रकार विजयरत्न तुलाधरले समेत आफ्नो मन्तव्य राखेका थिए ।

विजेताहरुलाई बधाई एवम् उतरोत्तर प्रगतिको शुभकामना सहित नेपाल मगर संघले मगर चलचित्रहरुलाई सहयोग गर्ने आश्वासन सहित मगर संघको महासविच ज्ञानेन्द्र पुन मगरले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । अन्त्यमा अर्को वर्ष पनि यसरी प्रतियोगिताको आयोजना गर्ने अर्थात यो कार्यक्रमको निरन्तरता हुने कुराको जानकारी सहित चलचित्रकर्मीहरुलाई बधाई एवम् शुभकामनाको साथ जुरी मेम्बर, अतिथि लगायत विभिन्न पुरस्कार प्रायोजन गरेका महानुभावहरुलाई धन्यवाद सहित मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरले कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम मगर चलचित्रकर्मी संघका सदस्य तिल थापा मगरले संचालन गरेका थिए ।

Categorized in सिनेमा