STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अनलाइनबाटै साहित्यिक समीक्षा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

काठमाडौं – नेपालभाषाको साहित्य क्षेत्रका महिला कथाकारहरुको १७ वटा कथाहरुको साहित्यिक समीक्षा अनलाइनमार्फत् सम्पन्न भएको छ । एक महिनाअघिदेखि अनलाइनबाट हुँदै आएको साहित्यिक गोष्ठीमा पाठ गरिएका १७ वटा कथाहरुको समीक्षा भएको हो । समालोचक नविन चित्रकार, पूर्णकाजी ताम्राकार र प्राध्यापक प्रेमशान्ति तुलाधरले अनलाइनबाटै ती कथाहरुको समीक्षा गरेका थिए । कथाकार डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिब्या ताम्रकार, रिता महर्जन, सुवर्णकेशरी चित्रकार, रितादेवी प्रधान जोशी, श्रीलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, ईश्वरीमैयाँ श्रेष्ठ, सरस्वती तुलाधर, प्रमिला सायमि, मनदेवी ताम्राकार, मोतिलक्ष्मी शाक्य, अर्चना शाक्य, सुनिता महर्जन र अमिरमैयाँ रञ्जितले अनलाइन साहित्यिक गोष्ठीमा वाचन गरेका कथाहरुको समीक्षा गरिएको हो । समीक्षाको क्रममा समीक्षक नवीन चित्रकारले कथामा पात्र र परिवेश देखिए पनि कथाहरु अझै सशक्त हुनुपर्नेमा जोड दिएका थिए । अर्का समीक्षक पूर्णकाजी ताम्राकारले कथामा पात्रको संवाद उसको हैसियत, उमेरअनुरुप हुनुपर्ने विचार राखेका थिए । अर्को समीक्षक प्रा. प्रेमशान्ति तुलाधरले अहिलेको कथामा महिला कथाकारहरुले नयाँ विषयवस्तु समावेश गरी वर्तमान समस्याप्रति गम्भीर देखिएका बताएका थिए । हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेशन)को अमेरिका शाखाले आयोजना गरेको यस अनलाइन समीक्षा गोष्ठीको संयोजन शिकागो निवासी साहित्यकार केशरमान ताम्राकारले गरेका थिए । गोष्ठीमा दबूका सांस्कृतिक दूत वासव राजोपाध्याय र दबूका अध्यक्ष प्रमेश श्रेष्ठले प्राविधिक सहयोग गरेका थिए ।
Categorized in सिनेमा