Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

अदालतको गेटबाटै पुनः पक्राउ परे धर्मेन्द्र बास्तोला

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडौं – सर्वोच्च अदालत नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । रिहा भएलगत्तै प्रहरीले उनलाई सर्वोच्चको गेटबाटै पक्राउ गरेको छ ।

सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ ९४० र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको छ ।

तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुनः पक्राउ गरेको छ । यसअघि बास्तोलालाई गएको पुस २९ गते ललितपुर मकवानपुर सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।

Categorized in राजनीति
Newa Online Adv