STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अग्रज स्रष्टा पवन जोशीको ७१ अौं गीत तयार

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर १५, बिहिबार

नेपालभाषा तथा नेपाली चलचित्र क्षेत्रमा सक्रिय अग्रज स्रष्टा वरिष्ठ कलाकार, निर्देशक तथा लेखक पवन जोशीद्वारा रचित ७१औं गीत हालै काठमाडौको अन्नपूर्ण रेकर्डिङ स्टुडियो रेकर्डिङ सम्पन्न भएको छ । 

उदियमान गायक कृष्ण महर्जनको स्वर रहेको यो नयाँ देशभक्ती गीत “ जवंखवंया पंगः चिइका..” बोलको गीतमा सोनी राजभण्डारी, लजना मानन्धर र राजेन्द्र शाक्य ले पनि गायक कृष्ण महर्जनलाई साथ दिएका छन् । वरिष्ठ कलाकार, निर्देशक पवन जोशी  रचित यो गीतमा संगीत  अनिल तुलाधरको रहेको छ । विजय मास्कीले रेकर्डिङ गरेको यो गीतको  म्युजिक भिडियो चाँडै निर्माण हुने कुराको जानकारी निर्देशक जोशीले  दिएका छन् ।

Categorized in साहित्य-कला