STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अग्रज कलाकर्मि पवन जोशीको "अय्‌ला:गुलू”को म्युजिक भिडियो आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन २६, बुधबार

जेनेक्स मिडिया नेपालको प्रस्तुति एवम् संसार क्रियशन्स नेपालको सहकार्यमा नेपालभाषाको नयाँ गीतको म्युजिक भिडियो "अय्‌ला:गुलू" यहि २०७९ आश्वीन २९ गते शनिबारका दिन औपचारिक रुपमा विश्वव्यापी सार्वजनिक हुने भएको छ ! 

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक पवन जोशीको रचना रहेको गीतमा संसार ग्रुपका सदस्य समेत रहेका नवोदित गायक एक राज महर्जनको एकल स्वर रहेको छ । म्युजिक भिडियोमा नेपालभाषा चलचित्र क्षेत्रमा हास्य कलाकारको रुपमा परिचित तिर्थ अवाले ''कुमा" लाई फरक भुमिकामा दर्शकहरुले हेर्न पाउनेछ । उनको साथमा रोहनी लामा र मल्टिटेलेन्ट कलाकारको रुपमा परिचित किशोर कुमार शाही अतिथि कलाकारको रुपमा हेर्न पाउने भएकोछ ।

वरिष्ठ संगीतकार अनिल तुलाधरको संगीत तथा संगीत संयोजन रहेको र विजय मास्किले रेकर्डिङ, मिक्सिङ संगै मास्टरिङको काम समेत  मास्किले गर्नु भएको  यस गीतको रेकर्डिङ अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा गीतको  गरिएको हो । 

मल्टिट्यालेन्ट कलाकार सुजन बज्राचार्य "ख्वपे"को कथा तथा निर्देशन रहेको म्युजिक भिडियो " अय्‌ला:गुलू''लाई रच्चु शाक्यले सह- निर्देशन, सिनेम्याटोग्राफि/ड्रोन मोहन कुमार "झिल्लु"को रहेको छ  ।म्युजिक भिडियो  तयार पार्न यातायतको जिम्मा श्याम अवाले र मेक-अपको काम सोनी राईले गर्नु भएको छ। भेषभुषाको सम्पुर्ण जिम्मा बज्र कल्चरले ब्यवस्थापन गरेको भिडियोको सम्पादन र कलरिङ अनिल कुमार महर्जनले गर्नु भएको छ, र यो भिडियो शान्ति महर्जनले निर्माण गर्नु भएको हो । 

यही शनिबार भिडियो जेनेक्स मिडिया नेपालको आधिकारिक युट्युब च्यानल मार्फत  सार्वजनिक हुनेछ |

यस अघि नै नेपालभाषाको एक मात्र पहिलो अनि लामो अवार्ड दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस-२०७९ मा दर्ता भइसकेको छ !

Categorized in साहित्य-कला