STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अग्रजदेखि समकालिन तथा नयाँ पुस्तासम्मका नौ जना अभिनेत्रीलाई विशेष सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १४, मंगलबार

अभिनेत्री रेजिना उप्रेतीको रेजिना फिल्म्स र अभिनेत्री बिमला केसीको शहिद फिल्म्सको आयोजनामा नेपाली चलचित्र क्षेत्रका अग्रजदेखि समकालिन तथा नयाँ पुस्तासम्मका नौ जना अभिनेत्रीलाई विशेष सम्मान गरेका छन् । यो वर्षको बडा दशैं तथा नौरथाको अबसर पारेर सोमबार बेलुका एक भव्य सम्मान समारोहबीच नौ जना अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान २०७६ बाट सम्मानित गरेका हुन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बेलुका राजधानीको जमलस्थित नाचघरमा सांगीतिक समारोहबीच सो सम्मान प्रदान गरेका हुन् । सो समारोहमा सम्मानित हुने अभिनेत्रीहरूमा नेपाली चलचित्र क्षेत्रको पहिलो पुस्ताबाट प्रथम नेपाली चलचित्रकी आमाद्वय भुवन चन्द र वसुन्धरा भुसाल छन् । नेपाली चलचित्र क्षेत्रमा दिएको विशिष्ट योगदानको कदरस्वरूप यी दुईलाई नौरथाको अवसर पारेर नव दुर्गाको नामबाट सम्मापित सम्मानबाट सम्मानित गरिएको हो ।
Categorized in सिनेमा