relans
ni new 83
nib 2082 5

अग्निलाई यस वर्षको मदन पुरस्कार

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ११, शनिबार

काठमाडौं - लेखक नवराज लम्सालद्वारा लिखित अग्नि किताबले यस वर्षको मदन पुरस्कार पाएको छ। शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ।

२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए। 

गुठीले मदन पुरस्कारका लागि लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणालीसहित ८ वटा पुस्तकलाई अन्तिम छनोटका लागि छानेको थियो। दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मानपत्र रहेको छ।

Categorized in साहित्य-कला
ppp 2