STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अक्सिजन प्लान्ट विस्फोटकाे घटनामा छानबिन समिति गठन

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ९, शुक्रबार

काठमाडौं - ललितपुरमा बिहीबार अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति बनाएको छ । छानबिनका लागि मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।

बिहीबार विहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा दुई जनाकाे मृत्यु भएकाे थियाे ।

ललितपुर महानगरपालिका–६ स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्लान्टमा काम गर्ने भारत पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय वृज महतो र ललितपुर महानगरपालिका–१८ बस्ने भारत घर भएका २५ वर्षीय राज कुमार महतो रहेका छन् ।

वृज महतोको घटनास्थलमै र राज कुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाइते भएका अन्य छ जनाको पाटन अस्पताल र ग्वार्खोस्थित बि एण्ड बि अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । 

 

Categorized in अपराध-दुर्घटना