STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

 प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना ।
गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा गयौँ । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरि आ–आप्नो स्थानबाट सक्दो मेहेनत गयौँ । आजको यो नयाँ बिहानीमा म, सबै नेपाली दिदीबहिनी÷दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
गएको वर्ष नयाँ वर्षारम्भ गर्दा हामीले, कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौँ । त्यतिखेर मेरोमनमा प्रशस्तै प्रश्नहरु उठिरहेका थिए 
यी स–साना नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल कसरी बनाउने रु
सुत्केरी व्यथालागेका यस्तै भूभागका आमाहरुलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी गर्ने रु 
कर्णाली नदी र त्यससँगै गडगडाउँदै बगिरहेका अरु नदीहरुबाट बत्ती निकाली गाउँ÷बस्तीको अँध्यारो कसरी भगाउने रु
सिँचाइको अभावमा बाँझै रहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने रु 
 अर्कोतिर म सोच्दै थिएँ– भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने रु‘मुलुक बन्दैन, काम हुँदैन’ भन्ने नकारात्मक भावलाई ‘काम पनि हुन्छ– हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्ने विश्वास कसरी जगाउने रु
 आज हामी यस्ता प्रश्न गर्ने स्थितिबाट, प्रगति सुनाउने अवस्थामा आइपुगेका छौं । राज्यमा रहेको चरम बेथीतिलाई क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमा हामी पुगेकाछौं । संविधान अनुरुपको कानून निर्माण गरी, कानून बमोजिमको संरचनाको परिचालन गर्ने तहमा हामीहरु आइपुगेका छौं । 
संकेतमा भनौं–
संयुक्त राष्ट्रसंघीय वालकोष युनिसेफ ले हालै प्रकाशित प्रतिवेदन– ‘अ वल्र्ड रेडी टु लर्न’मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर८६ प्रतिशत रहेको र यो विश्वमै अगाडी भएको उल्लेख गरेको छ ।
लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र राइजिङ्ग स्टार भनेका छन् । 
विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेका छन् ।
मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरुको सुझबुझपूर्ण निर्णय र विकासप्रतिको तीब्र भोकको रुपमा लिएका छन् ।
 मैले धेरैचोटी दोहयाएको छु, संघीयता हाम्रो लागि विलकुल नयाँ अभ्यास हो । सञ्चालनमा चुनौति छन् । तर,यस शासन प्रणालीको सबै तहका सरकारहरु अहिले व्यवहारबाट सिक्दै, कमी÷कमजोरीलाई चिर्दै अघि बढ्दैछन् । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आप्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंदैछ । मुलुकको आर्थिक÷राजनीतिक रुपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई म, शुभकामना तथा वधाई दिन्छु ।
 गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदानगरे । त्यसैले हामीले,गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रातीब्र गतिका साथअघि बढाउँछौं । हामीले हाम्रा संपूर्ण स्रोत, साधन र प्रयासहरु यसैमा खर्चेका छौं । तर आप्mनो मात्रै स्रोत÷साधनबाट हाम्रा आकांक्षाहरु पूरा गर्न संभव नहुने भएकोले नै मित्रहरुसँगको सहकार्य खोजी गरेका हौं । त्यसै खोजीको शुरुवात लगानी सम्मेलनबाट ग¥यौं, जसले बाह्य पूँजी र प्रबिधि आमन्त्रण गर्नमद्दत पु¥याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्य सहितको कामबाट अघि बढाइनेछ । 
दिदीबहिनी तथा दाजुभाइहरु,
 कसैले निराशा पोख्न सक्छ ‘यो एक वर्षमा के नै भयो र रु’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं– यो वर्षके के भए रु
यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने रु कति संशोधन भए रु
कति किलोमिटर बाटो कालोपत्रे भयो रु कतिवटा पक्की पुल निर्माण गरियो रु
तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो रु
पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ रु
पानीजहाज कार्यालय खुलेछ, सतह जल यातायात कहिले र कहाँबाट चल्छ रु
पहिले नचलेका कतिवटा विमानस्थलअहिले सञ्चलनमा आए रुनेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् रु
नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो रु आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ रु
‘खोलौं बैंक खाता’ कार्यक्रम के हो रु यसले कसरी फाइदा पु¥याउँछ रु
काम र रोजगारीको अभियान कहाँ पुग्यो प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो रु
‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ रु
छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ रु
मित्रहरु,
अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासको लागि सरकार के गर्दैछ त रु म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आप्mनो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्य÷तथ्याङ्क सहित जवाफ दिन तयार छ ।
 हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रविन्दू जनता र धर्ती पिपुल र प्लानेट हो । जनताको जीवनलाई सहज र सुखी बनाउने, र हामी रहने धर्तीलाई सुरक्षित राख्ने । 
 समृद्धि, सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो । उच्च र दीगो उत्पादन÷उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्याय सहितको समुन्नति †
‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।
 सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम÷कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन । 
Categorized in राष्ट्रिय