STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

नेपाल आदिवासी जनजाति महासंघ परिचय

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघमा ५६ आदिवासी जनजातीय सदस्य संगठनहरू आबद्ध छन् भने विधानतः प्रत्येक सदस्य संगठहरूबाट एक महिला र एक पुरुष गरी दुई/दुई जना संघीय परिषद् सदस्यहरू छन् । महासंघअन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरूको सांगठननिक सञ्जाल देशैभर रहेको छ । महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रुपले असक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू महासंघमा सम्बद्ध छन् भने महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् । आवश्यकताअनुसार सांगठनिक सञ्जाल निर्माणको क्रम जारी छ । दैनिक कार्य सम्पादनका लागि महासंघको विधानतः प्रत्येक ३/३ वर्षमा निर्वाचनबाट २१ सदस्यीय संघीय परिषद् सचिवालयको चयन गर्ने व्यवस्था छ । महासंघको प्रत्येक तहको समन्वय परिषद् सचिवालयमा न्युनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व विधानतः सुनिश्चित गरिएको छ । सचिवालयको नेतृत्वदायी पद अध्यक्षमा एक कार्यकालभन्दा बढी रहन नपाइने र सचिवालयको जुनसुकै पदहरूमा एउटै आदिवासी जनजाति समूहबाट एकभन्दा बढी पदमा रहन नपाइने समेत विधानमा व्यवस्था गरिएको छ । सबैखाले विभदेको अन्त्य र समानता तथा समतामा आधारित समाजको निर्माणमा योगदान पुर्याउनु नै महासंघको मूल देह्य हो ।
नेपाल आदिवासी जनजाति महासंघ Nepal Federation of indigenous Nationalities
Categorized in राष्ट्रिय