STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

पद्मरत्न तुलाधरको स्वास्थ्य सुधार

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

वरिष्ठ मानव अधिकारवादी नेता आदिवासी जनजाती आन्दोलनका अग्रज पद्मरत्न तुलाधरको स्वास्थ्य स्थितिमा केही सुधार आएको अस्पताल सुत्रले जनाएको छ । वहाँको घरपरिवारले दिएको जानकरी अनुसार मंगलबार न्यूरो हस्पिटलबाट वहाँ लाई नर्भिक अस्पतालमा लगेपछि स्वास्थ्यमा सुधार आएको देखिएको हो । तुलाधरको पिसाब कमी भएको र किड्नीमा इन्फेक्सन देखिएकोले डाइलेसिस गरेको थियो । डाइलेसिस पछि केही सुधार देखिएकोले बुधबार पनि पुनः डाइलासिक गरिएको पारिवारिक श्रोतले जनाएको छ । वहाँलाई हाल सीसीयूमा राखी उपचार भइरहेको छ । गत शुक्रबार अकस्मात मस्तिष्कघात भएपछि पद्मरत्न तुलाधरलाई अस्पताल भर्ना गरिएको थियो ।
Categorized in राष्ट्रिय